अरुण चौधरीलाई चिरायुबाट ग्राण्डीमा रिफर
काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला आरोपमा पक्राउ परेका अरुण चौधरीलाई धापासी स्थित ग्राण्डी अस्पतालमा सारिएको छ । गएराति महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएका चौधरीलाई अस्पतालले रिफर गरेपछि ग्रान्डीमा सारिएको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
उनीसँगै पक्राउ परेका अजितनारायण सिंहलाई पनि ग्राण्डीमा रिफर गरिएको छ । अरुण चौधरीको मुटुमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंहको निर्णय र प्रतिवेदनको आधारमा १० रोपनी जग्गा निजीकरण भएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।
चौधरी ग्रुपका सदस्य तथा सीजी होल्डिङका प्रबन्ध निर्देशक हुन् अरुण । बाँसबारी जग्गा प्रकरणमा चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई पनि सीआईबीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण