नेपाली सांसदले भारतीय विदेश मन्त्री जयशंकरसँग भेट्दै
काठमाडौँ । भारत भ्रमणमा रहेका नेपाली सांसदहरुले आज भारतीय विदेशमन्त्री एस.जयशंकर र पर्यटनमन्त्री जी किशन रेड्डीसँग भेटघाट गर्दैछन् । आज हैदरवाद हाउसमा दुई मन्त्रीसँग छुट्टा छुट्टै भेटघाट हुने प्रतिनिधिसभा अन्तरर्गतका अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले बताए ।
सभापति यादवको नेतृत्वमा माघ १६ गते भारतीय लोकसभाको निमन्त्रणामा दिल्ली पुगेका सांसदहरुले १२ बजे विदेशमन्त्री जयशंकरसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ भने त्यो भन्दा पहिले पर्यटन मन्त्री रेड्डीसँग भट्ने कार्यक्रम तय भएको छ ।
मन्त्रीसँगको भेटमा दुई देशको सम्बन्ध र संसदीय व्यवस्था लगायतको विषयमा कुराकानी हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा भएको सम्झौताको कार्यान्वयनको विषयमा संसदबाट कसरी सम्बोधन गर्न सकिन्छ र कार्यान्वयनमा देखिएका समस्या हल गर्ने लगायतका विषयमा कुराकानी हुने सभापति यादवले बताए ।
‘दुई देशको पर्यटन विकासमा कसरी जोड दिन सकिन्छ, एक अर्काको देशमा पर्यटनको सँख्यामा कसरी वृद्धि गर्न सकिन्छ, त्ययसको विषयमा पनि पर्यटन मन्त्री रेड्डीसँग छलफल हुन्छ’ उनले भने ।
स्रोतका अनुसार नेपालसँग देखिएको विमानस्थल विवादको बारेमा पनि संसदहरुसँग छलफल हुने बताइएको छ । दुई देशको बिचमा पर्यटन ओहर दोहर गर्दा देखिएका जटिलताहरुलाई नीतिगत रुपमा कसरी समाधान गर्ने त्यस विषयमा पनि सांसदहरुले छलफल गर्ने स्रोतले दावी गरेको छ ।
भारतमा नेपालीलाई त्यहाँको सिम कार्डको सहज उपलब्ध गराउने, शिक्षण संस्थानमा भारतीय सरह शुल्क लिनुपर्ने, ह्यूमन ट्र्याफिकिंगको समस्यालगायतका विषयमा पनि नेपाली सांसदहरुले कुराकानी राख्ने स्रोतले जनाएको छ ।
सभापति यादवको नेतृत्वमा माघ १६ गते दिल्ली पुगेका सांसदहरुले त्यही दिन भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्मासँग छलफल गरेका थिए । त्यसको भोलिपल्ट भारतीय लोकसभाका सभामुख, लोकसभाका विदेश मामिला समितिका सभापतिसँग भेटघाट गरेका थिए ।
हिजो उनीहरुले भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरणसँग पनि भेटघाट गरेका थिए । आज विदेशमन्त्री एस.जयशंकरसँग भेटघाट गरिसकेपछि गोवाका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण