राष्ट्रिय कराते च्याम्पियनसिपमा पुलिसका इलोनलाई स्वर्ण
काठमाडौँ । नेपाल पुलिस क्लबका इलोन श्रेष्ठ र बागमती प्रदेशकी पुष्पका लामाले कृष्णप्रसाद भट्टराई स्मृति तेस्रो राष्ट्रिय कराते च्याम्पियनसिपमा शुक्रबार स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगिताको कुमुतेतर्पm ५५ केजी तौलसमूहमा इलोनले पुरुषमा र पुष्पकाले महिलामा स्वर्ण जितेका हुन् । इलोनले फाइनलमा मधेसका रितिक लामालाई हराए । यस तौलसमूहमा लुम्बिनी प्रदेशका राहुल चौधरी र नेपाल आर्मीका रमेश बुलनले कांस्य पदक जिते । यसै तौलसमूहमा महिलातर्फm पुष्पकाले फाइनलमा एपिएफकी निमा तामाङलाई हराइन् । पुलिसकी जया कार्की र आर्मीकी सुनिता सुनारले कांस्य पदक जिते ।
कुमुतेतर्पm नै पुरुष ५० केजी तौलसमूहमा बागमतीका साइमन श्रेष्ठले फाइनलमा पुलिसका साजन मोक्तानलाई हराउँदै स्वर्ण जिते । सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निसान घले र सुदूरपश्चिम प्रदेशका आनन्द कामीले कांस्य पदकमा चित्त बुझाए । सिनियर कुमुतेको पुरुष ६० केजीमान एपिएफका मीनबहादुर तामाङले स्वर्ण जिते । उनले फाइनलमा लुम्बिनी प्रदेशका सुनिल समाललाई हराए । पुलिसका अंकित गुरुङ र सुदूरपश्चिमका अर्जुन थापाले कांस्य पदक प्राप्त गरे ।
सिनियर महिलातर्फ ६८ केजी तौलसमूहमा पुलिसकी रोजित ढुंगेलले स्वर्ण पदक जितिन् । उनले फाइनलमा कोशी प्रदेशकी युमसम राईलाई हराउँदै यो सफलता प्राप्त गरिन् । लुम्बिनीकी रक्षा शाही ठकुरी र बागमतीकी आसिका राईले कांस्य पदकमा चित्त बुझाए । हालसम्म कुल १० पदकमा छिनोफानो हुँदा पुलिसले सात स्वर्ण पदकसहित अग्रता बनाएको छ । बागमती प्रदेशले दुई स्वर्ण र एपिएफले एक स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा १७ स्वर्ण पदकका लागि छिनोफानो हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण