अभिनेता विजयले खोले राजनीतिक पार्टी
मुम्बई । लोकसभा चुनाव अघि अभिनेता थलापति विजयले तमिलनाडुमा राजनीतिक पार्टी खोलेका छन्। उनले पार्टीको नाम तमिझगा वेत्री कझगम राखेका छन् । यसको हिन्दीमा अर्थ तमिलनाडु विजय पार्टी हो।
अभिनेता विजयले सन् २०२६ को विधानसभा चुनाव लड्ने विश्वास गरिएको छ । तर, उनले लोकसभा चुनाव लड्ने कुरा अस्वीकार गरे। विजयले कुनै पनि पार्टीलाई समर्थन नगर्ने बताए । ‘पार्टी बैठक बसेर हामीले यो निर्णय गरेका हौँ,’ उनले भने ।
विजयले फिल्ममा काम गरिरहने तर राजनीतिमा आएर तमिलनाडुका जनताको सेवा गर्ने पनि बताए । विजयको करियरको कुरा गर्दा उनले अहिलेसम्म ६५ भन्दा बढी फिल्ममा काम गरिसकेका छन् जसमध्ये उनका अधिकांश फिल्म हिट भएका छन् ।
मास्टर, थेरी जस्ता फिल्मले बक्स अफिसमा रेकर्ड तोडेका छन् । उनको कुल सम्पत्ति ४२० करोड रुपैयाँ छ । विजय सबैभन्दा धेरै कमाउने तमिल अभिनेता हुन्। उनले फिल्म ‘थलापथी ६५’का लागि १०० करोड पारिश्रमिक लिएका थिए । शुल्कको मामिलामा उनले ‘दरबार’का लागि ९० करोड भारु लिने रजनीकान्तलाई पनि पछि पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण