आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी आक्रमणपछि इराकले दियो चेतावनी, भन्यो– नराम्रो परिणाम भोग्नुपर्नेछ

शनिबार, २० माघ २०८०, १८ : २३
शनिबार, २० माघ २०८०

बगदाद । इराकले आफ्नो देशमा अमेरिकी आक्रमणपछि यस क्षेत्रमा गम्भीर परिणाम हुनसक्ने बताएको छ । अमेरिकाले गत आइतबार आफ्नो एउटा सैन्य आधार शिविरमा ड्रोन आक्रमण गरेपछि इराक र सिरियाविरुद्ध कारबाही गरेको हो ।

अमेरिकी सेनाले यस हमलामा इराक र सिरियामा ८५ वटा लक्ष्यलाई निशाना बनाएको छ । अमेरिकाले आफ्नो सैन्य शिविरमा भएको आक्रमणको लागि इरान समर्थित चरमपन्थीहरुको छाता संगठनलाई दोष दिएको छ । सो आक्रमणमा तीन अमेरिकी सैनिक मारिएका थिए । 

यता अमेरिकाको जवाफी हमलामा कम्तीमा १६ इराकी नागरिकको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । अमेरिकाले आफ्नो सेनाले इराक र सिरियामा रहेको इरान समर्थित मिलिसिया संगठनको स्थानमा आक्रमण गरेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप