अमेरिकी आक्रमणपछि इराकले दियो चेतावनी, भन्यो– नराम्रो परिणाम भोग्नुपर्नेछ
शनिबार, २० माघ २०८०, १८ : २३
बगदाद । इराकले आफ्नो देशमा अमेरिकी आक्रमणपछि यस क्षेत्रमा गम्भीर परिणाम हुनसक्ने बताएको छ । अमेरिकाले गत आइतबार आफ्नो एउटा सैन्य आधार शिविरमा ड्रोन आक्रमण गरेपछि इराक र सिरियाविरुद्ध कारबाही गरेको हो ।
अमेरिकी सेनाले यस हमलामा इराक र सिरियामा ८५ वटा लक्ष्यलाई निशाना बनाएको छ । अमेरिकाले आफ्नो सैन्य शिविरमा भएको आक्रमणको लागि इरान समर्थित चरमपन्थीहरुको छाता संगठनलाई दोष दिएको छ । सो आक्रमणमा तीन अमेरिकी सैनिक मारिएका थिए ।
यता अमेरिकाको जवाफी हमलामा कम्तीमा १६ इराकी नागरिकको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । अमेरिकाले आफ्नो सेनाले इराक र सिरियामा रहेको इरान समर्थित मिलिसिया संगठनको स्थानमा आक्रमण गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण