कतार र इरान एसियन कपको सेमिफाइनलमा
काठमाडौँ । साविक विजेता तथा एएफसी एसियन कप फुटबलको आयोजक कतार प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई ३–२ ले हराउँदै कतार अन्तिम चारमा पुगेको हो ।
खेलको पहिला हाफको २७ औँ मिनेटमा कतारका लागि युसुपोभले गोल गरेका थिए । उज्वेकिस्तानका हाम्रोबेकोभले ५९ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । थप गरिएको समयमा समेत बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो । कतारले अब फाइनल पुग्न इरानसँग खेल्नेछ ।
त्यस्तै, शनिबार नै इरानले जापानलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । खेलको २८ औँ मिनेटमा जापानका मोरिताले गोल गरेका थिए । दोस्रो हाफको ५५ औँ इरानका मोहेबीले बराबरी गोल फर्काए । अतिरिक्त समयमा इरानका जहानबक्सले थप एक गोल गर्दै टिमलाई जित दिलाए ।
यसअघि दक्षिण कोरिया र जोर्डन सेमिफाइनल पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण