बाली सुधारका लागि तरकारीसँग सम्बन्धित सात दिने तालिम आजदेखि
आइतबार, २१ माघ २०८०, १० : १७
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा अन्तर्राष्ट्रिय स्तरको तरकारी बाली सम्बन्धी ७ दिने तालिम हुँदै छ । अमेरिका, क्यानडा र टाइवनका कृषि विज्ञले नेपालका ३० जनालाई तरकारीको बीउको प्रविधि र क्षमता अभिवृद्धि लगायत व्यवहारिक र सैनिकता विषयहरू सिकाइने छन् ।
आइतबारबाट सुरु भएको तालिम २७ गतेसम्म जारी हुने छ । सो तालिमबाट बाली सुधारको लागि नयाँ विकास जातको कार्यक्रमलाई तीव्र गतिमा लैजानका लागि मद्दत पुग्ने नार्कअन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. राम बहादुर खड्काले बताए ।
सो तालिममा सरकारी र निजी क्षेत्रका ३० जना सहभागी हुने छन् । विश्वविद्यालयबाट ५ जना, नार्कबाट १५ जना, संघीया तथा प्रादेशिक सरकारी निकायबाट ६ जना र निजी बीउ उत्पादक कम्पनीबाट ४ जनाको सहभागिता रहेको खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण