एमाले धादिङ विवाद : अधिवेशन स्थगित नभएको त्रिपाठीको दाबी
आइतबार, २१ माघ २०८०, १० : ५६
काठमाडौँ । नेकपा एमाले धादिङको जिल्ला कमिटीको अधिवेशन स्थगित नभएको अध्यक्ष भूमि त्रिपाठीले जनाएका छन् । बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले कुटाकुटपछि अधिवेशन स्थगित भएको विज्ञप्ति जारी गरे लगत्तै त्रिपाठीले अर्को विज्ञप्ति जारी गर्दै २०८० माघ १९ गते देखि जारी नेकपा(एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको बन्द सत्र सञ्चालन भई रहेको बताएका हुन् ।
उनले केही अनधिकृत र उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा(एमाले) धादिङको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।
‘बन्द सत्रको कार्यक्रम निरन्तर सञ्चालन भइरहेको ब्यहोरा अवगत गराउँदै सम्बन्धित सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु’अध्यक्ष त्रिपाठीले विज्ञप्तिमार्फत भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण