प्रदेश सरकार अझै संस्थागत हुने प्रयासमा छ : मुख्यमन्त्री चौधरी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार अझै संस्थागत हुने प्रयासमा रहेको बताएका छन् । प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश छैटौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गरेको अवसरमा प्रदेशवासीहरूमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
उनले जारी गरेको प्रेस विज्ञप्तिमा प्रदेशमा आउनुपर्ने अधिकारहरू संघमा नै रहेको जिकिर गरेका छन्। यसले गर्दा प्रदेश अधिकारकै लडाइँमा लाग्नु परिरहेको उनको भनाई छ ।
शुभकामना सन्देशमा प्रदेशलाई सुशासनयुक्त, समृद्ध, अधिकार सम्पन्न, विकासले सम्पन्न प्रदेश बनाउने लक्ष्य राखिएको जिकिर गरिएको छ। समृद्ध प्रदेशको रोडम्याप सरकारले तयार गरिसकेको जानकारी दिँदै मुख्यमन्त्री चौधरीले सबै विशेषतासँग प्रदेशलाई जोड्न सफल भएको बताएका छन्।
उनले स्थानीय सेवा ऐनको मस्यौदा तयार भएको, शासकीय प्रबन्ध र सुधारतर्फ मन्त्रालयको सङ्ख्या घटाइएको, कार्य सम्पादनमा मितव्ययिता र प्रभावकारीताका लागि प्रयासहरू गरिएको जनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण