‘द्रौपदी’का लागि दिए ४१६ जनाले अडिसन
काठमाडौँ । ऋषिराज आचार्यको निर्देशनमा बन्न लागेको फिल्म हो ‘द्रौपदी’ । केही दिन अगाडि निर्माण घोषणा भएको फिल्मको शनिबार र आइतबार कलाकार छनौट अडिसन भएको छ । जसमा ४१६ जनाले अडिसन दिएका छन् ।
दुई दिनको अडिसनमा थुप्रैले अडिसन दिएपनि कलाकार छनौट भने बाँकी रहेको निर्देशक ऋषीराज आचार्यले बताए । निर्माण टिमसँगको सल्लाह अनुसार अडिसनमा सहभागी भएका मध्यबाट फिल्मका लागि कलाकार छनौट गर्ने उनले सुनाए । आचार्यका अनुसार कलाकार छनौटपछि फिल्मको वर्कसप हुनेछ र त्यसपछि छायांकनमा निस्कने छ ।
फिल्मको शीर्षक ‘द्रौपदी’ भएपनि फिल्म देशको यथार्थपरक कथामा बन्न लागेको हो । कर्णाली प्रदेशको विभिन्न दुर्गम हिमाली क्षेत्रमा छायाङ्कन गर्न लागिएको फिल्म महिला प्रधान हुनेछ ।
आर.बी मुभिजको ब्यानरमा बन्न लागेको फिल्ममा निर्देशक आचार्य स्वयंको पटकथा लेखन छ । अहिले चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को सदस्य रहेका आचार्यले ‘मिस्टेक’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’, ‘सपना तिम्रो मेरो’, ‘ड्रिम गर्ल’, ‘चुरीफुरी’ गरेर ५ फिल्म निर्देशन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण