वीरगन्जमा धार्मिक स्थल र विद्यालय सटरमा मदिरा एवं सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक
वीरगन्ज । वीरगन्ज महानगरपालिकाभित्रका धार्मिक र विद्यालयको वरपर मदिरा एवम् सुर्तीजन्य पदार्थहरुको बिक्रीवितरण र कारोबार गर्नमा रोक लगाउने निर्णय गरिएको छ ।
वीरगन्ज महानगरपालिका अन्तर्गतको बजार अनुगमन समितिको बैठकले महानगरभित्र पहिलो चरणमा सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थहरुको बिक्रीवितरण र कारोबार गर्नमा रोक लगाउने निर्णय गरेको हो ।
महानगरपालिकाकाले पहिलो चरणमा मन्दिर, मस्जिद, विद्यालय तथा कलेजहरुको भवन र जग्गामा मदिरा एवम् सुर्तीजन्य पदार्थहरु बिक्रीवितरण र कारोबार गर्न रोक लगाउने निर्णय गरेको हो ।
वीरगन्ज महानगरपालिकाको कार्यालयमा उपप्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको बजार अनुगमन समितिको बैठकले यस्तो निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका उपप्रमुख आलमले पहिलो चरणमा धार्मिक स्थल र विद्यालयको सटरमा हुने मदिरा र सुर्तीजन्य पदार्थको बेचबिखनमा रोक लगाउने निर्णय भएको बताए । त्यसको रोकथामका लागि सोमबारदेखि महानगरपालिकाले आफ्नो संयन्त्र परिचालन गर्ने समेत तयारी गरिसकेको उपप्रमुख आलमको भनाइ छ ।
संघीय स्वास्थ्य ऐन अनुसार मठमन्दिर र शिक्षालयहरुको वरिपरि ५०० मिटरसम्म मदिरा एवम् सुर्तीजन्य पदार्थ बेच्न नपाइने नियमलाई टेकेर यो निर्णय गरिएको वीरगन्ज महानगरपालिकाको कार्यालयको भनाइ छ ।
यसैगरी बैठकले महानगरभित्र रहेका सहकारीहरुको अनुगमन तीव्र बनाइने, अनुगमनको क्रममा दिइएको निर्देशनहरुको पालन भए÷नभएको जाँच गर्ने, निष्क्रिय सहकारीहरुलाई खारेजीको प्रक्रिया चलाउने र विद्यालयको पनि अनुगमन गर्ने निर्णय गरेको छ ।
बैठकमा महानगरका प्रशासकीय अधिकृत मातृका भट्टराई, खाद्य अनुसन्धान अधिकृत विपिन कुमार दास, होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्त, घरेलु र प्रशासनका प्रतिनिधि तथा उपभोक्ता मञ्चका अजित भुजेल लगायतको सहभागी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण