जब महिलाको झोलाबाट १३० वटा विषालु भ्यागुता निस्क्यो
बोगोटा । सोमबार कोलम्बियाली प्रहरीले वन्यजन्तु तस्करीको आरोपमा राजधानी बोगोटाको विमानस्थलबाट एक महिलालाई पक्राउ गरेको छ ।
महिलाको झोलामा १३० वटा विषालु भ्यागुता भेटिए । ग्रे मार्केटमा यस्तो भ्यागुता को मूल्य १ हजार डलर छ। कोलम्बियाका अधिकारीहरूले ती भ्यागुताहरूलाई अत्यन्तै कमजोर अवस्थामा राखिएको बताएका छन्।
झोलाको सुरक्षा जाँचपछि त्यसमा भ्यागुता फेला परेको थियो । पानी नहुँदा भ्यागुताको अवस्था राम्रो थिएन । पक्राउ परेकी महिला ब्राजिलकी बासिन्दा हुन् र पानामा हुँदै साओ पाउलो गइरहेका थिए ।
महिलाका अनुसार यी भ्यागुताहरू उनलाई दक्षिणी कोलम्बियाको एक समुदायले उपहार दिएका हुन् । यिनीहरूलाई हार्लेक्विन फ्रगहरू भनिन्छ, जसलाई पोइजन डार्ट फ्रगहरू पनि भनिन्छ।
यी भ्यागुताको आकार मानिसको औँलाभन्दा सानो हुन्छ। उनीहरूको छालाको ग्रन्थीबाट निकै खतरनाक विष निस्कन्छ । स्थानीयले ती भ्यागुताको छालाको ग्रन्थीमा सुई लगाएर विष निकाल्ने गर्छन् । यो विषले साना जनावरहरू मारिन सक्छ। यी लोपोन्मुख भ्यागुताहरू इक्वेडर र कोलम्बिया बिचको जंगलमा पाइन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण