विराटनगर क्रिकेट क्लब र ग्रामथान सेमिफाइनलमा
काठमाडौँ । विराटनगर क्रिकेट क्लब (बीसीसी) र ग्रामथान क्रिकेट क्लब मोरङ जिल्लास्तरीय ‘बी डिभिजन’ क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । यी दुबै क्लब विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा जारी प्रतियोगिताको सोमबारको खेलमा जित हात पार्दै सेमिफाइनलमा पुगेका हुन् ।
पहिलो खेलमा बीसीसीले होराइजन क्रिकेट क्लवलाई पाँच विकेटले हरायो । टस जितेर ब्याटिङ रोजेको होराइजनले निर्धारित २३ ओभरमा सात विकेट गुमाउँदै एक सय ११ रन बनाएको थियो । होराइजनका लागि सुजन भट्टराईले ४० र अनवर अन्सारीले १३ रन बनाए । बीसीसीका बलर कृतिक कामत र अविषेक मण्डलले दुई–दुई विकेट लिए ।
एक सय १२ रनको लक्ष पछ्याएको बीसीसीले २० ओभरमा पाँच विकेट गुमाएर जित हासिल गरेको थियो । बीसीसीको जितमा धिरज कामतले ३९, अमन गुप्ताले २७ र कृतिक कामतले अविजित २२ रनको योगदान गरे । होराइजनका बलर मनिस मण्डल, अमन मण्डल, सुजल भट्टराई, श्रवण मण्डल र लविस भण्डारीले एक–एक विकेट विकेट लिए ।
सोमबार नै भएको दोस्रो खेलमा ग्रामथान क्रिकेट क्लवले जहदा क्रिकेट क्लवलाई तीन विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको जहदाले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनाएको थियो । जहदाका विवेक मुखियाले १७ र विशाल मण्डलले १२ रन बनाए । ग्रामथानका बलर पारस चौधरी एक्लैले पाँच विकेट लिए ।
एकसय १२ रनको लक्ष्य पछ्याएको ग्रामथानले सात विकेट गुमाएर जित हासिल गर्यो । ग्रामथानको जितमा म्यान अफ दी म्याच घोषित अनिष विश्वकर्माले ४३ रनको योगदान गरे । विकाश कार्कीले पनि १५ रन बनाए । जहदाका बलर आमोद मण्डल र पाण्डव मण्डलले दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण