विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला
काठमाडौँ । सोमबार देशका विभिन्न जिल्लामा ६ जना मृत फेला परेका छन् । प्रहरीका अनुसार पाल्पा,रामेछाप,सर्लाही,ताप्लेजुङ, उदयपुर र धादिङमा ६ जना मृत फेला परेका हुन् ।
प्रहरीको दैनिक समाचार बुलेटिनका अनुसार सोमवार पाल्पाको रिप्दीकोट गाउँपालिका–८ काहुले बस्ने ५३ वर्षीय कृष्ण भन्ने अमरबहादुर गाहा र उनकै श्रीमती ४२ वर्षीय श्यामकला गाहा आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ चित्रे बस्ने ४५ वर्षीय काले तामाङ पनि मृत अवस्थामा फेला परेका छन् । उनी सोही ठाउँस्थित सडकमा मृत अवस्थामा फेला परेका हुन् ।
उता सर्लाहीको बाग्मती नगरपालिका–४ जिरायत बस्ने ४५ वर्षीय लालदेवी महतो आफ्नै घरको बरण्डामा मृत अवस्थामा फेला परेकी छन् भने ताप्लेजुङको फुङलिङ नगरपालिका–५ वीरेन्द्रचोक बस्ने ७१ वर्षीय काजी भन्ने रामबहादुर महतरा पनि मृत फेला परेका छन् । महतारा सोही नगरपालिका–४ थेचम्बुस्थित छाप्रोमा मृत अवस्थामा फेला परेका हुन् । घरबाट बुधवार दिउँसो बाहिर हिँडेका उनको खोजी गर्ने क्रममा सोमवार शव फेला परेको हो ।
त्यस्तै उदयपुरको बेलका नगरपालिका–१ पुरन्दह बस्ने ५९ वर्षीय सुकदेव चौधरी पनि मृत अवस्थामा फेला परेका छन् । चौधरी सोही ठाउँस्थित पुरन्दह चोकको कल्भर्टमा मृत अवस्थामा फेला परेका हुन् ।
यता, धादिङको नीलकण्ठ नगरपालिका–११ पात्लेपाखा बस्ने ५७ वर्षीय ज्ञानबहादुर गुरुङ पनि मृत फेला परेका छन् । उनी सोही ठाउँस्थित गोरेटो बाटोबाट करिब १ सय मिटर तल मृत फेला परेका हुन् ।
उल्लेखित घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण