आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
बाँसबारी जग्गा प्रकरण

अरुण चौधरीसहित ३ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

सोमबार, २२ माघ २०८०, १९ : २८
सोमबार, २२ माघ २०८०

काठमाडौँ । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई अदालतले थप २ दिन थुनामा राख्न अनुमति दिएको छ । सोमबार आरोपीहरुका कानून व्यवसायीको बहसपछि जिल्ला अदालत काठमाडौँले उनीहरुलाई थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा  हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका संचालक अरुण कुमार चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष संजय ठाकुर थुनामा छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई माघ १८ गते पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौँले दिएको ४ दिनको म्याद सकिएपछि उनलाई पुनः म्याद थप गर्न प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप