बाँसबारी जग्गा प्रकरण
अरुण चौधरीसहित ३ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति
सोमबार, २२ माघ २०८०, १९ : २८
काठमाडौँ । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई अदालतले थप २ दिन थुनामा राख्न अनुमति दिएको छ । सोमबार आरोपीहरुका कानून व्यवसायीको बहसपछि जिल्ला अदालत काठमाडौँले उनीहरुलाई थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका संचालक अरुण कुमार चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष संजय ठाकुर थुनामा छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई माघ १८ गते पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौँले दिएको ४ दिनको म्याद सकिएपछि उनलाई पुनः म्याद थप गर्न प्रहरीले अदालतमा उपस्थित गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण