मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीमा माओवादी रुपान्तरण अभियान : ०८४ मा पहिलो पार्टी बन्ने दाबी

अन्य पार्टीबाट ३ हजार ३७० जना माओवादीमा प्रवेश
सोमबार, २२ माघ २०८०, २१ : ०३
सोमबार, २२ माघ २०८०

सुर्खेत । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत कर्णालीमा तीन हजार ३७९ जना विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अभियानको रिपोर्टबारे जानकारी गराएको हो ।

माओवादी केन्द्रको प्रदेश अध्यक्ष विमला केसीले अभियानको अवधिमा ५० प्रतिशत पार्टी सदस्यता नवीकरण गरिएको बताइन् । कर्णालीमा माओवादी केन्द्रको सदस्य संख्या ८० हजार थियो । अहिले पनि नवीकरणको काम निरन्तर चलिरहेको छ ।

अभियानकै क्रममा कर्णाली ६ हजार २२४ नयाँ सदस्यता थप भएको प्रदेश अध्यक्ष केसीले बताइन् । ‘हाम्रो लक्ष्य १० हजार नयाँ सदस्यता पु¥याउने थियो,’ उनले भनिन्, ‘यद्यपि त्यो सकिएन ।’

उनका अनुसार अभियानको क्रममा ५५८ स्थानमा जनश्रमदान तथा जनसेवाका काम भएका छन् । जाजरकोट भूकम्पपछि ३ हजार ६ सय स्वयंसेवक परिचालन गरी १७ हजार ९१८ वटा अस्थायी आवास निर्माण गरिएको पनि केसीले बताइन् ।

‘माओवादी पार्टी जनताको पार्टी हो तर, तपाईंहरु चुनावको बेलामात्रै आउनुभयो, स्वार्थ बोकेर आउनुभयो भनेर जनताले भने,’ केसीले भनिन्, ‘जनतामा निरन्तर जानुपर्छ, माओवादीको जनाधार बिग्रेको होइन, नेता बिग्रेको हो भन्ने अभियानले पुष्टि ग¥यो । अब जनताको बिचमा यस्ता अभियान निरन्तर चलाउनुपर्छ ।’

अध्यक्ष केसीले अब ०८४ मा माओवादी पहिलो दल बन्ने गरी कर्णालीका जनतामा गइसकेको दाबी गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप