गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता
मकवानपुर । बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक बजेटको स्रोत सुनिश्चितता गरेको छ । प्रदेश सरकारको मंगलबार बिहान बसेको बैठकले रङ्गशाला निर्माणका लागि भरतपुर महानगरसँगको सम्झौता अनुसारको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले पेश गरेको ७५ करोड रुपैयाँको लागत अनुमानको ७० प्रतिशत बेहोर्न सम्झौता अनुसार स्रोत सुनिश्चितता गरिएका हो । महानगरपालिकासँगको सम्झौता अनुसार प्रदेश सरकारले रंगशालाका लागि ५२ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चितता गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए ।
गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा उक्त रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले तयार गरेको ७५ करोड रुपैयाँको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत रकम बेहोर्ने सम्झौता भएको थियो । महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्ताव अनुसार १० हजार दर्शक अट्ने प्याराफिट सहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको उनले बताए । बैठकले भरतपुर महानगरपालिकालाई रङ्गशालाको निर्माण कार्यको लागि ठेक्का प्रक्रिया अघि बढाउन आग्रह समेत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगले माग गरे अनुसार संघीय समपूरक र विशेष अनुदानको लागि योजना सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले समपूरक र विशेष अनुदानका लागि १०÷१० वटा योजना सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले अघिल्लो आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न भएर भुक्तानी हुन बाँकी रहेका योजनाहरूको भुक्तानी दिने निर्णय गरेको छ । मुख्यमन्त्री जम्कट्टेलका अनुसार अहिले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका योजनाहरूको भुक्तानी दिने निर्णय भएको हो । केही प्रक्रियाहरू पुरा गर्नु परेको कारण निर्माण कार्यको भुक्तानी गर्न ढिलाइ भएको र हाल सो बापतको रकम भुक्तानी दिने काम अघि बढाइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण