वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा ल्याउने, अन्तर्राष्ट्रिय टेन्डर आह्वान
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दुई वटा न्यारोवडी जहाज भाडा (लिज) मा ल्याउन लागेको खुलासा गरेका छन् । अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा निगमले तत्काल दुई वटा जहाज लिजमा ल्याउन लागेको मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । हाल निगमले दुई वटा ट्वीनअटर जहाजले डोमेस्टिक र एउटा न्यारोबडी ३२० र एउटा वाइडबडी ३३० गरी २ वटा जहाजले अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । जम्मा चार वटा जहाजमा पनि आन्तरिकतर्फ उडान भर्दै आएको २ वटामा एउटा जहाज केही महिनादेखि ग्राउन्डेड छ ।
यद्यपि, निगमले उक्त जहाज मर्मत नगर्दै आन्तरिक उडानकै लागि भनेर ३ वटा ट्वीनअटर जहाज खरिदका लागि प्रक्रिया अघि बढाइसकेको छ । उक्त जहाज खरिद टेन्डरमा परेको आवेदन मध्येहरुबाट अहिले मूल्याङ्कनको काम भइरहेको प्रवक्ता रमेश पौडेलले रातोपाटीलाई बताए ।
तर, हाल निगमले लिजमा लिन लागेको दुई वटा न्यारोबडी जहाज आन्तरिक नभएर अन्तर्राष्ट्रिय उडानका लागि रहेको मन्त्री किरातीले नै बताएका छन् ।
मंगलबार (६ फेब्रुअरी, २०२४) मा अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गर्दै निगमले दुई वटा न्यारोबडी जहाज लिजमा लिन लागेको जनाएको छ । २२ मार्च २०२४ सम्म ४५ दिने अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको निगमले जहाज मात्र भाडामा लिने जनाएको छ ।
जहाजको भाडा, खर्च र आम्दानीको सम्बन्धमा निगमले गृहकार्य गरिरहेको प्रवक्ता पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण