कांग्रेस नेता भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापना महाअभियानको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा भएको छ । सोमबार बसेको महाअभियानको बैठकले भण्डारीलाई संयोजक तोकेको हो ।
उक्त अभियान २०७१ सालमै लक्ष्मण घिमिरेको नेतृत्वमा गठन भएको भएको थियो । अहिले पुनर्गठन गरी भण्डारीलाई संयोजक तोकिएको महाअभियानका सदस्य रामचन्द्र तिवारीले जानकारी दिए ।
उनका अनुसार कांग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र नेपाल स्थापनाको एजेन्डा प्रवेश गराएर महाअभियानको निर्णय छ । महाअभियानले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र नेपाल बनाउन दृढता व्यक्त गर्दै त्यसका लागि यो महाअभियानमा सत्य, निष्ठा र इमानदारिताका साथ निरन्तर क्रियाशील बन्ने विज्ञप्तिमा भनिएको छ ।
‘२०६२ साल मंसिर ७ गतेको १२ बुँदे सहमति र २०६२/६३ को १९ दिने आन्दोलनको समयमासमेत सनातन हिन्दुराष्ट्रविरुद्ध कुनै माग वा आग्रह प्रकट वा अप्रकटरुपमा भएको थिएन,’ विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस धर्म निरपेक्षताको मतियार बन्ने काम नैतिक एवम् राजनीतिक दृष्टिले पनि अनुचित र त्रुटिपूर्ण भएको देखिएको महाअभियानको निष्कर्ष छ ।
‘९४ प्रतिशतभन्दा बढी जनताको आस्था, विश्वास र भावनालाई उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी आकस्मिक अदूरदर्शी, अविवेकी र अपारदर्शी ढंगले धर्म निरपेक्षताको मतियार बन्ने काम नैतिक एवम् राजनीतिक दृष्टिले पनि अनुचित र त्रुटिपूर्ण भएको देखिएकाले त्यसलाई सच्याएर नेपाललाई सनातन हिन्दूराष्ट्र नेपाल कायम गर्ने संवैधानिक व्यवस्था गर्न नेपाली कांग्रेसले अविलम्ब पहल गर्नुपर्ने अनिवार्य आवश्यकताप्रति पार्टीको गम्भीर ध्यान आकृष्ट गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण