एक दिवसीय शृङ्खलामा अस्ट्रेलियासामु निरीह बन्यो वेस्ट इन्डिज
काठमाडौँ । घरेलु टोली अस्ट्रेलियाले मंगलबार खेलिएको तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि वेस्ट इन्डिजलाई आठ विकेटको फराकिलो अन्तरले हराएको छ । अस्ट्रेलियाले तीन एक दिवसीय खेलको शृङ्खला पनि ३–० ले जितेको छ ।
यसअघि पहिलो एकदिवसीयमा अस्ट्रेलिया आठ विकेटले विजयी भएको थियो । दोस्रो एकदिवसीयमा पनि अस्ट्रेलियाले क्यारेबियन टोलीलाई ८३ रनले पराजित गरेको थियो । त्यसअघि खेलिएको दुई टेस्टको शृङ्खला भने १–१ को बराबरीमा सकिएको थियो ।
क्यानबिरामा खेलिएको तेस्रो एकदिवसीयमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली वेस्ट इन्डिजले २४.१ ओभरमै अलआउट हुनुअघि ८६ रनमात्र बनाउन सकेको थियो । झिनो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ६.५ ओभरमै केवल दुई विकेट गुमाएर सजिलो जित हात पारेको थियो ।
अस्ट्रेलियाको जितमा ओपनर ज्याक फ्रासर म्याकगर्कले ४१ र जस इनग्लिसले अविजित ३५ रनको योगदान गरेका थिए । कप्तान स्टिभन स्मिथ ६ रनमा अविजित रहे । क्यारेबियन टोलीका बलर अल्जारी जोसेफ र ओसेन थोमसले एक–एक विकेट हात पारे ।
त्यसअघि वेस्ट इन्डिजका ब्याट्सम्यानहरु अस्ट्रेलियन बलरसामु निरीह बनेका थिए । वेस्ट इन्डिजका केवल तीन ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सके । ओपनर एलिक अथान्जले ३२ रन बनाए । रोस्टन चेज १२ र केसी कार्टी १० रन बनाउँदै आउट भए ।
वेस्ट इन्डिजले अतिरिक्त रुपमा १३ रन पाएको थियो । अस्ट्रेलियन टोलीका बलर जेभियर बार्टलेटले चार विकेट लिए । उनले ७.१ ओभरमा २१ रन खर्चिएका थिए । लान्स मोरिस र एडम जाम्पाले पनि दुई–दुई विकेट हात पारे । सिन एबोटले एक विकेट कुम्ल्याए । प्लेयर अफ दी म्याच र प्लेयर अफ दी सिरिज दुबै पुरस्कार अस्ट्रेलियाका जेभियर बार्टलेटले पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण