अन्तरिक्षमा सबैभन्दा धेरै समय बिताउने विश्व कीर्तिमान
मस्को । रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्कोले नयाँ विश्व रेकर्ड बनाएका छन् । जम्माजम्मी ८७९ दिन अर्थात् झन्डै अढाई वर्षसम्म अन्तरिक्षमा बसेर कोनोनेन्कोले अन्तरिक्षमा सबैभन्दा धेरै समय बिताउने व्यक्तिको विश्व रेकर्ड तोडेका हुन् ।
उनी लगातार अढाई वर्षसम्म अन्तरिक्षमा बसेका भने होइनन् । चार पटक गरेर उनले यो समय बिताएका हुन् । योसँगै उनले रुसकै जेनेडी पडाल्काको रेकर्ड तोडेका छन् । जेनेडी जम्माजम्मी ८७८ दिन ११ घन्टा ३० मिनेट अन्तरिक्षमा बसेका थिए ।
कोनोनेन्को फेरि पनि अन्तरिक्षमा जाँदैछन् । उनी सन् २०२४ को जुन ५ मा स्पेश स्टेशनमा जाँदैछन् । यो उनको पाँचौं अन्तरिक्ष यात्रा हुनेछ । उनको यो यात्रा सन् २०२४ को सेप्टेम्बर २३ मा सकिनेछ । यो यात्रा पूरा भएपछि भने कोनोनेन्कोले १ हजार दिन (१११०) अन्तरिक्षमा बिताउने अन्तरिक्षयात्रीको रेकर्ड बनाउने छन् ।
यो जानकारी रुसी अन्तरिक्ष एजेन्सी रसकसमसले टेलिग्राममा पोष्ट गरेको थियो । अन्तरिक्षमा सबैभन्दा धेरै समय बिताउने अन्तरिक्ष यात्रीको सूचीको शीर्ष ८ स्थानभित्र रुसी अन्तरिक्ष यात्री छन् । नवौँ स्थानमा नासाका पेगी व्हिटसन छन् । उनले अन्तरिक्षमा ६७५ दिन बिताएका छन् । अमेरिकी अन्तरिक्ष यात्री फ्र्याङ्क रुबियोले भने लगातार ३७१ दिन इन्टरनेशनल स्पेश स्टेशनमा बिताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र समता शुल्कबाट पछि हट्यो सरकार
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण