अन्तर्राष्ट्रिय मान्यतामा कुनै फेरबदल भएको छैन : नेपाल रेडक्रस सोसाइटी
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता र अन्तर्राष्ट्रिय मान्यताका सम्बन्धमा थप कुनै निर्णय र फेरबदल नभएको स्पष्ट पारेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपाल रेडक्रस सोसाइटीले अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता ६० वर्षअघि नै प्राप्त गरेको र आजसम्म त्यसमा कुनै परिवर्तन नभएको जनाएको हो ।
नेपाल रेडक्रस रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको सदस्य नेपाल रेडक्रस सोसाइटी रहेको र नेपालको कानुनअनुसार दर्ता भई मानवीय सेवामा देशभर संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ ।
सोसाइटीले लेखापरीक्षण, वार्षिक साधारणसभा, समाजकल्याण परिषद्को आबद्धता नवीकरण, वैदेशिक सहायताको स्वीकृति, स्थानीय तहको सिफारिस र संस्था नवीकरणको लागि पूरा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी संस्था दर्ता नवीकरण भइसकेको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।
लामो समयको रस्साकस्सीपछि गत साउन २ गते प्राध्यापक सुदर्शनप्रसाद नेपालको नेतृत्वमा नेपाल रेडक्रसको केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण