एसियन कप : कोरियालाई हराउँदै जोर्डन फाइनलमा
बुधबार, २४ माघ २०८०, ०८ : ०६
काठमाडौँ । कतारमा जारी एएफसी एसियन कपमा जोर्डन फाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा दक्षिण कोरियालाई २–० ले पराजित गर्दै जोर्डन उपाधि नजिक पुगेको हो । जोर्डन प्रतियोगिताको फाइनलमा पुगेको यो नै पहिलो पटक हो ।
आफ्नो पहिलो सेमिफाइनल खेलेको जोर्डन योर्गन क्लिन्समेनको दक्षिण कोरियाली टिमविरुद्ध जितका लागि पूर्णतः हकदार रह्यो । खेलको ५३ औँ मिनेटमा जोर्डनका याजन अल–नामटले पहिलो गोल गरेका थिए । प्रतियोगितामा उनको यो तेस्रो व्यक्तिगत गोल हो ।
मउसा अल–तमारीले ६६ औँ मिनेटमा जोर्डनका लागि दोस्रो गोल गरे । अल–नामट र अल–तमारीको आक्रामक खेलका अगाडि दक्षिण कोरियाली टिम कमजोर र फिक्का देखिएको थियो ।
बुधबार प्रतियोगिताको दोस्रो सेमिफाइनल हुनेछ र त्यसमा इराकले आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतारको सामना गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण