आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रिसाएका ग्राहकले हजामकै कपाल खौरिदिएपछि...

बुधबार, २४ माघ २०८०, ११ : ४१
बुधबार, २४ माघ २०८०

बैंकक । थाइल्यान्डको पट्टायामा बिदा मनाउन आएका एक रुसी पर्यटकले स्थानीय हजामको कपाल खौरिदिएका छन् । हजामले आफ्नो टाउकोमा काटेको कपाल चित्त नबुझेपछि ती पुरुषले रिसको झोकमा हजामकै कपाल खौरिदिएका हुन् ।

गएका एक हप्ता अनलाइनमा यो भिडियो निकै भाइरल भइरहेको छ । एक प्रत्यक्षदर्शीका अनुसार ती पुरुष हजामकहाँ गएर आफ्नो कपाललाई कस्तो बनाउने भनेर विस्तारमा बताए । उनलाई राम्रोसँग अङ्ग्रेजी बोल्न आउँदैनथ्यो । त्यसैले हातको इशाराले भनिरहेका थिए । कपाल काटिरहँदा एक पटक उनले ऐनामा आफूलाई हरेर । अनि बिग्रिएको कपाल हेरेर क्रुद्ध भए । टेबलमा मुड्की बजार्दै हजामलाई गाली गर्न थाले ।

निधारतिरको कपाल आफूले भनेको जस्तो नपाएपछि मुख छाड्दै हजामलाई गाली गर्न थाले । यतिले पनि रिस मरेन । ती पुरुषले हजामको निधारपट्टीको कपाल खौरिदिए अनि कपाल काटेको पैसा नै नतिरी सैलुनबाट बाहिरिए । यो दृश्यले सैलुनका कर्मचारी र अन्य ग्राहकहरू ट्वाल्ल भए । ती हजामले टाउको पूरै खुइलाउनु पर्‍यो । आफूमाथि दूरव्यवहार गर्ने ती रुसी पर्यटकविरुद्ध उनले प्रहरीमा उजुरी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप