रिसाएका ग्राहकले हजामकै कपाल खौरिदिएपछि...
बैंकक । थाइल्यान्डको पट्टायामा बिदा मनाउन आएका एक रुसी पर्यटकले स्थानीय हजामको कपाल खौरिदिएका छन् । हजामले आफ्नो टाउकोमा काटेको कपाल चित्त नबुझेपछि ती पुरुषले रिसको झोकमा हजामकै कपाल खौरिदिएका हुन् ।
गएका एक हप्ता अनलाइनमा यो भिडियो निकै भाइरल भइरहेको छ । एक प्रत्यक्षदर्शीका अनुसार ती पुरुष हजामकहाँ गएर आफ्नो कपाललाई कस्तो बनाउने भनेर विस्तारमा बताए । उनलाई राम्रोसँग अङ्ग्रेजी बोल्न आउँदैनथ्यो । त्यसैले हातको इशाराले भनिरहेका थिए । कपाल काटिरहँदा एक पटक उनले ऐनामा आफूलाई हरेर । अनि बिग्रिएको कपाल हेरेर क्रुद्ध भए । टेबलमा मुड्की बजार्दै हजामलाई गाली गर्न थाले ।
निधारतिरको कपाल आफूले भनेको जस्तो नपाएपछि मुख छाड्दै हजामलाई गाली गर्न थाले । यतिले पनि रिस मरेन । ती पुरुषले हजामको निधारपट्टीको कपाल खौरिदिए अनि कपाल काटेको पैसा नै नतिरी सैलुनबाट बाहिरिए । यो दृश्यले सैलुनका कर्मचारी र अन्य ग्राहकहरू ट्वाल्ल भए । ती हजामले टाउको पूरै खुइलाउनु पर्यो । आफूमाथि दूरव्यवहार गर्ने ती रुसी पर्यटकविरुद्ध उनले प्रहरीमा उजुरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण