चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै
दमौली । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । भानु नगरपालिकाले भानु–४ चुँदीरम्घामा साहित्य उद्यान निर्माणको काम अगाडि बढाइएको हो ।
चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित नगरपालिकाले साहित्य उद्यानको काम अगाडि बढाएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । यसका लागि सङ्घीय सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्रालयले उद्यान निर्माणका लागि केही दिन अगाडि सो रकम उपलब्ध गराएको हो ।
उनले भने, “राष्ट्रपति रामचन्द्र पौडेलले यस ठाउँको विकासका लागि चासो राख्नुभएको छ । उहाँकै साथ र सहयोगमा साहित्य उद्यानको कामलाई अगाडि बढाउन लागिएको हो ।” उक्त बजेटबाट जग्गा अधिग्रहण, गुरुयोजना निर्माण र साहित्यिक स्रष्टाको शालिक निर्माणको काम गरिने जनाइएको छ ।
नगरप्रमुख त्रिपाठीका अनुसार सुरुमा जग्गा अधिग्रहणको काम हुनेछ । यसपश्चात् गुरुयोजना निर्माण गरी उद्यानको काम अगाडि बढ्ने छ । उनले भने, “भानुभक्तको जन्मथलो ओझेलमा परिरहेको छ । यस ठाउँमा साहित्य उद्यान निर्माण गरेर पर्यटकीय गन्तव्यस्थल बनाउने मुख्य लक्ष्य हो ।”
साहित्य उद्यान निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने उपप्रमुख उमा गोतामेले बताए । उनका अनुसार उद्यानका लागि ८६ रोपनी जग्गा अधिग्रहण गरिनेछ । उद्यान समितिका अध्यक्ष डा जयराज आचार्यले समितिले उद्यान निर्माणको लागि आवश्यक परामर्श, रेखदेख र योजनासहित नगरपालिकालाई सहयोग गर्ने बताए । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले तीनवटै तहको सरकारको सहयोगबाट भानु जन्मस्थलको विकास सम्भव रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण