माओवादीले बोलायो स्थायी समिति र केन्द्रीय समिति बैठक
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मस्यौदा विधान २०८० माथि छलफल गर्न केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाएको छ । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक बस्न लागिएको । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने सचिव गणेश साहले बताए ।
साहका अनुसार शुक्रबार र शनिबार दिउँसो ३ बजे स्थायी समिति बैठक बस्नेछ । आइतबार र सोमबार केन्द्रीय समितिमा विधान मस्यौदाबारे छलफल हुनेछन् । अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको साहले जानकारी दिए । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा नै प्रस्तुत गर्ने उनले बताए ।
‘अधिवेशनको एजेण्डाबारे छलफल गर्न दुई दिन स्थायी समिति र दुई दिन केन्द्रीय समिति बैठक बोलाएको हो । मूल एजेण्डा मस्यौदामाथि छलफल हो । बैठकमा विशेष रुपान्तरणबाट आएका सुझावमाथि पनि छलफल हुनेछ । मस्यौदा परिमार्जनसहित पारित गरेपछि अधिवेशनमा पेस गर्ने कार्यसूची रहेको छ’, साहले भने ।
मस्यौदा कार्यदलले बुझाएको मस्यौदामाथि २१ दिन तल्लो समितिमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनालाई अब खेलमा फर्किन कठिन, २ गोल खायो
-
विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
-
इजिप्टले दोस्रो हाफमा गरेको गोलले मान्यता पाएन
-
पहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण