सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले बोलायो स्थायी समिति र केन्द्रीय समिति बैठक

बिहीबार, २५ माघ २०८०, १७ : १२
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मस्यौदा विधान २०८० माथि छलफल गर्न केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाएको छ । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक बस्न लागिएको । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने सचिव गणेश साहले बताए । 

साहका अनुसार शुक्रबार र शनिबार दिउँसो ३ बजे स्थायी समिति बैठक बस्नेछ । आइतबार र सोमबार केन्द्रीय समितिमा विधान मस्यौदाबारे छलफल हुनेछन् । अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको साहले जानकारी दिए । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा नै प्रस्तुत गर्ने उनले बताए ।

‘अधिवेशनको एजेण्डाबारे छलफल गर्न दुई दिन स्थायी समिति र दुई दिन केन्द्रीय समिति बैठक बोलाएको हो । मूल एजेण्डा मस्यौदामाथि छलफल हो । बैठकमा विशेष रुपान्तरणबाट आएका सुझावमाथि पनि छलफल हुनेछ । मस्यौदा परिमार्जनसहित पारित गरेपछि अधिवेशनमा पेस गर्ने कार्यसूची रहेको छ’, साहले भने ।

मस्यौदा कार्यदलले बुझाएको मस्यौदामाथि २१ दिन तल्लो समितिमा छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप