आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गोठमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

बिहीबार, २५ माघ २०८०, १२ : ५२
बिहीबार, २५ माघ २०८०

अछाम । अछामकाे मेल्लेख गाउँपालिका–३ दर्वा बस्ने जय बहादुर बुढा र झंकरे बुढाको गोठमा बुधबार साँझ आगलागी हुँदा  ६ बर्सिया नातिनी निरूता बुढा र सोही ठाउँ बस्ने जगत् बुढाको छोरा ३ वर्षीय अङ्कित बुढाको जलेर मृत्यु भएको छ । 

खेल्ने क्रममा गोठको ढोका नजिक बालेको आगोबाट गोठभित्र राखिएको खरमा आगो सल्किई आगलागी हुँदा दुवै जनाको जलेर मृत्यु भएको हो । 

आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बगुडाठाँटी समेतबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप