शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड र रेशम चौधरीबिच ‘वान टु वान’ भेटवार्ता, के भयो कुराकानी ?

बिहीबार, २५ माघ २०८०, १४ : ५८
बिहीबार, २५ माघ २०८०

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबिच भएको ‘वान टु वान’ भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् ।

भेटवार्तापछि प्रतिक्रिया दिर्दै चौधरीले भने, ‘गठबन्धन घटक दलहरुसँग सल्लाह गरेर सार्वजनिक गर्न सकिन्छ । किन सकिँदैन र ? भन्नुभयो ।’

नाउपा अध्यक्ष चौधरीले अगाडि भने, “सार्वजनिक नहुनको कारण के हो त ? भन्ने मेरो जिज्ञासामा प्रधानमन्त्री ज्यूले भन्नुभयो, ‘तपाई हामी केही दिनमा गठबन्धनको बैठकमा बसौँ । यसबारेमा घनिभूत रूपमा छलफल गरौँ र सबैजना साथीहरु सहमत भए प्रतिवेदन सार्वजनिक गर्न केही अप्ठेरो छैन’ भन्नुभयो ।”

संविधान निर्माण भइरहँदा २०७२ सालमा कैलालीको टीकापुरसहित तराई–मधेसमा आन्दोलन चर्किएको थियो । आन्दोलनको क्रममा ठूलो धनजनको समेत भएको थियो । उक्त घटनाको छानबिन गर्न पूर्वन्यायधिश गिरिषचन्द्र लालको नेतृत्वमा छानबिन आयोग गठन गरिएको थियो । तर सो आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि हालसम्म सार्वजनिक नगरिएको हो ।

त्यस्तै, सो भेटवार्ताको क्रममा गौचरणमा परिणत टीकापुर विमानस्थल सञ्चालनको लागि माग गरिएको र छिट्टै सञ्चालनको प्रक्रिया अगाडि बढाइने प्रतिक्रिया प्रचण्डले दिएको चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप