माधव नेपालले अब कुनै हालतमा चुनाव जित्दैनन् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धनले लातले हानेपछि मात्रै थाहा पाउने बताएका छन् । नेकपा एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को पटकदेखि माधव नेपालले चुनाव समेत नजित्ने दाबी समेत गरे ।
‘त्यतिवेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ’, ओलीले भने, ‘अव अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन ।’
ओलीले एमालेले माधवलाई प्रधानमन्त्री समेत बनाएपनि दुई तिहाइको सरकार ढालेर कांग्रेसको पाउमा सत्ता सुम्पेको आरोप लगाए ।
‘पहिला एमालेका नेता भएका, प्रधानमन्त्री समेत भएका । अहिले त काठमाडौँतिरै छन् । गठबन्धन भत्कन दिन्नँ, गठबन्धन त मेरो घर हो भन्दै हिँड्छन्’ अध्यक्ष ओलीले नेपालको नाम लिँदै भने, ‘हामीले उनलाई प्रधानमन्त्री, उपप्रधानमन्त्री बनायौँ सवैचिज गर्यौ । तर दुई तिहाइको पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाउने माधव नेपाल यही जिल्लाका मान्छे गठबन्धन घर हो भन्छन् ।’
अध्यक्ष ओलीले गएको निर्वाचनमा माधव नेपालको पार्टी राष्ट्रिय पार्टी समेत बन्न नसकेको उदाहरण दिँदै अर्को चुनावमा नेपाल आफैँले चुनाव जित्न नसक्ने दाबी गरे । उनले गठबन्धनले समेत नेपाललाई लातले हानेपछि थाहा पाउने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठक सुरु
-
विनोदविक्रम केसीका तीन कविता
-
भारतकाे तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र, अविलम्ब कूटनीतिक पहल गर्न माग
-
तस्बिरमा हेर्नुहोस् अन्तर्राष्ट्रिय कला प्रदर्शनी
-
नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बने : बाबुराम भट्टराई
-
सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना नियन्त्रण गर्ने कानुन तत्काल ल्याउन मुख्यमन्त्री कार्कीको आग्रह