सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सबैखाले भाषा, धर्म, संस्कृति संरक्षण गर्नु राज्यको दायित्व हो  ः मुख्यमन्त्री जम्कट्टेल

शनिबार, २७ माघ २०८०, ०६ : २५
शनिबार, २७ माघ २०८०

धुलिखेल । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ल्होछार पर्व तामाङ समुदायको मात्रै नभएर समग्र नेपालीको नै पर्व भएको बताएका छन् । 

सोनाम ल्होसारका अवसरमा  शुभकामना दिँदै उनले १० वर्षे महान् जनयुद्ध, १९ दिने जनआन्दोलन र विभिन्न जाति, वर्ग र क्षेत्रले गरेको आन्दोलनबाट समानुपातिक र समावेशी व्यवस्था स्थापना गरेकोले राज्यको नजरमा सबैखाले भाषा, धर्म, संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।

संविधानको पूर्ण कार्यान्वयनको निम्ति हिजोको जस्तो एकात्मक र एउटै जाती समुदायलाई संरक्षण गर्ने मुलुक नभएर सबैको साझा भएको बताए । राज्यको नजरमा सबै समान भएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले लडेर ल्याएको व्यवस्था र संविधानले दिएको अधिकारको प्रयोग गर्दै बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाइ सकेको उनको भनाई छ ।

आफु आन्तरिक मामिला तथा कानुन मन्त्री भएको बेलामा जनसङ्ख्याको हिसाबमा बोलिने भाषामध्ये बहुसङ्ख्यक तामाङ र नेवार समुदायले बोल्ने भाषा परेको कारण भाषा आयोगले विसं २०७७ मा बागमती प्रदेशभित्र तामाङ र नेपाल भाषालाई कामकाजको भाषा बनाउन भनेर सिफारिस गरेको भए पनि त्यस वेला कार्यान्वयनमा ल्याउन नसेकको बताए। 

    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप