सबैखाले भाषा, धर्म, संस्कृति संरक्षण गर्नु राज्यको दायित्व हो ः मुख्यमन्त्री जम्कट्टेल
धुलिखेल । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ल्होछार पर्व तामाङ समुदायको मात्रै नभएर समग्र नेपालीको नै पर्व भएको बताएका छन् ।
सोनाम ल्होसारका अवसरमा शुभकामना दिँदै उनले १० वर्षे महान् जनयुद्ध, १९ दिने जनआन्दोलन र विभिन्न जाति, वर्ग र क्षेत्रले गरेको आन्दोलनबाट समानुपातिक र समावेशी व्यवस्था स्थापना गरेकोले राज्यको नजरमा सबैखाले भाषा, धर्म, संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।
संविधानको पूर्ण कार्यान्वयनको निम्ति हिजोको जस्तो एकात्मक र एउटै जाती समुदायलाई संरक्षण गर्ने मुलुक नभएर सबैको साझा भएको बताए । राज्यको नजरमा सबै समान भएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले लडेर ल्याएको व्यवस्था र संविधानले दिएको अधिकारको प्रयोग गर्दै बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाइ सकेको उनको भनाई छ ।
आफु आन्तरिक मामिला तथा कानुन मन्त्री भएको बेलामा जनसङ्ख्याको हिसाबमा बोलिने भाषामध्ये बहुसङ्ख्यक तामाङ र नेवार समुदायले बोल्ने भाषा परेको कारण भाषा आयोगले विसं २०७७ मा बागमती प्रदेशभित्र तामाङ र नेपाल भाषालाई कामकाजको भाषा बनाउन भनेर सिफारिस गरेको भए पनि त्यस वेला कार्यान्वयनमा ल्याउन नसेकको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण