मलेसियाको सर्वोच्च अदालतबाट राज्यले बनाएको एक दर्जन सरिया कानुन खारेज
काठमाडौँ । मलेसियाको सर्वोच्च अदालतले केलान्तान राज्यले बनाएको एक दर्जन बढी सरियामा कानुनलाई खारेज गरेको छ । अदालतले सरिया कानुनले सङ्घीय सरकारको क्षेत्राधिकार उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै खारेज गर्ने निर्णय लिएको हो ।
तर, मलेसियन इस्लामिक कट्टरपन्थीहरूले यो निर्णयको निन्दा गरेका छन् । यसले देशभरका धार्मिक अदालतहरूलाई कमजोर बनाउने डर रहेको कट्टरपन्थीहरूको धारणा छ । नौ सदस्यीय सङ्घीय अदालतले ८–१ को बहुमतबाट विपक्षीद्वारा सञ्चालित केलान्तान राज्य सरकारले बनाएको १६ कानुनलाई अवैध ठहर गरेको हो । जसमा यौन शोषण, यौन उत्पीडन, अनाचार र ’क्रस ड्रेसिङ’ (विपरीत लिङ्गका लुगा लगाउने) लगायतका क्षेत्र समेटिएको थियो ।
अदालतले यी विषयहरूमा इस्लामिक कानुन बनाउन सक्दैन,किनकि तिनीहरू मलेसियाको सङ्घीय कानुन अन्तर्गत पर्ने व्याख्या गरिएको छ । मलेसियामा सरिया र नागरिक कानुनद्वारा शासित मुस्लिमहरूका लागि व्यक्तिगत र पारिवारिक मामिलाहरू सहित दुई–स्तरीय कानुनी प्रणाली छ । मलय जातीय समूहको परिभाषा अन्तर्गत सबै मानिसहरूलाई मलेसियन कानुन अन्तर्गत मुस्लिम मानिन्छ ।
मलय जातीय समूहले देशको ३३ मिलियन जनसङ्ख्याको दुई तिहाइ ओगटेको छ, जबकि ठुलो चिनियाँ र भारतीय अल्पसङ्ख्यकहरू पनि मलेसियामा बस्छन् । सरिया इस्लामिक कानुन हो, जुन कुरान र हदीसमा आधारित छ । उक्त कानुनलाई २०२० मा केलान्तानको ग्रामीण उत्तरपूर्वी राज्यका दुई मुस्लिम महिलाले अदालतमा चुनौती दिएका थिए ।
राज्यको कुल जनसङ्ख्याको ९७ प्रतिशत मुस्लिम छन् । केलान्तानमा सन् १९९० देखि कन्जरभेटिभ प्यान–मलेसियन इस्लामिक पार्टी वा पीएएसले शासन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण