बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तान निर्वाचन : इमरान खानको समर्थनमा रहेका स्वतन्त्र उम्मेदवार अगाडि

शनिबार, २७ माघ २०८०, १८ : ०५
शनिबार, २७ माघ २०८०

इस्लामाबाद । पाकिस्तानको नेसनल एसेम्बलीको २६६ सिटमा बिहीबार भएको मतदानपछि नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार ४४ घण्टा बितिसक्दा पनि १२ सिटको नतिजा आउन बाँकी छ ।

अहिलेसम्मको नतिजामा इमरान खानको पार्टी पीटीआईले समर्थन गरेका ९१ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने नवाज शरीफको पीएमएल (एन)का ७१ उम्मेदवार विजयी भएका छन् । पीपीपीले ५२ सिटमा जित हासिल गरेको छ भने अन्य उम्मेदवारले ३६ सिटमा जित हासिल गरेका छन् ।

यसैबिच, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा एक बयान जारी गरेको छ, जसमा इमरान खान हाल जेलमा रहे पनि उनी आफैँ बोलिरहेको देखिन्छ। बयानमा उनले २०२४ को निर्वाचनमा विजयी भएकोमा आफ्ना मतदातालाई बधाई दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप