पाकिस्तान निर्वाचन : इमरान खानको समर्थनमा रहेका स्वतन्त्र उम्मेदवार अगाडि
शनिबार, २७ माघ २०८०, १८ : ०५
इस्लामाबाद । पाकिस्तानको नेसनल एसेम्बलीको २६६ सिटमा बिहीबार भएको मतदानपछि नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार ४४ घण्टा बितिसक्दा पनि १२ सिटको नतिजा आउन बाँकी छ ।
अहिलेसम्मको नतिजामा इमरान खानको पार्टी पीटीआईले समर्थन गरेका ९१ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने नवाज शरीफको पीएमएल (एन)का ७१ उम्मेदवार विजयी भएका छन् । पीपीपीले ५२ सिटमा जित हासिल गरेको छ भने अन्य उम्मेदवारले ३६ सिटमा जित हासिल गरेका छन् ।
यसैबिच, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा एक बयान जारी गरेको छ, जसमा इमरान खान हाल जेलमा रहे पनि उनी आफैँ बोलिरहेको देखिन्छ। बयानमा उनले २०२४ को निर्वाचनमा विजयी भएकोमा आफ्ना मतदातालाई बधाई दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण