समाचार
गौशालाको होटलमा महिला मृत फेला, हत्या आशंका
शनिबार, २७ माघ २०८०, २१ : ३२
_migd5UpoR3.jpg)
काठमाडौँ । काठमाडौँको गौशाला स्थित एक होटलमा महिला मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका ९ स्थित विजय चोकमा रहेको सिराहा धनुषा होटल एण्ड लजमा करिब २८–२९ वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।
गेस्ट हाउसको ढोका दुई दिनसम्म नखुलेपछि अर्को साँचो प्रयोग गरेर ढोका खोल्दा शव देखेपछि गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् । महिलासँगै होटलमा बसेका अर्का व्यक्तिले हत्या गरेर बाहिरबाट ताला लगाएर भागेको आशंका गरिएको छ ।
घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण