समाचार
गौशालाको होटलमा महिला मृत फेला, हत्या आशंका
शनिबार, २७ माघ २०८०, २१ : ३२
काठमाडौँ । काठमाडौँको गौशाला स्थित एक होटलमा महिला मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका ९ स्थित विजय चोकमा रहेको सिराहा धनुषा होटल एण्ड लजमा करिब २८–२९ वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।
गेस्ट हाउसको ढोका दुई दिनसम्म नखुलेपछि अर्को साँचो प्रयोग गरेर ढोका खोल्दा शव देखेपछि गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् । महिलासँगै होटलमा बसेका अर्का व्यक्तिले हत्या गरेर बाहिरबाट ताला लगाएर भागेको आशंका गरिएको छ ।
घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण