‘नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा सञ्चालन आवश्यक’
शनिबार, २७ माघ २०८०, २२ : ३४
धरान । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सार्वजनिक निजी साझेदारीमा सञ्चालनका लागि अध्ययन समिति गठन गरिएको बताएका छन् ।
शनिबार बेलका नगरपालिकामा आयोजित एक कार्यक्रममा उनले १० वर्षमा ३५ लाख विदेशी पर्यटक ल्याउने लक्ष्य पूरा गर्न काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्रै नधान्ने भन्दै नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जरुरी रहेको भन्दै उक्त अध्ययन समिति गठन गरिएको बताए ।
सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको भन्दै उनले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐन परिवर्तन आवश्यक रहेको बताए । उनले पर्यटन नीतिको मस्यौदा अर्थ मन्त्रालय पठाइसकिएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण