मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बाइडेनले माफी नमागे भारतमा रहेको अमेरिकी महावाणिज्य दूतावासमा हमला गर्ने धम्की

आइतबार, २८ माघ २०८०, ११ : ५८
आइतबार, २८ माघ २०८०

नयाँ दिल्ली । महाराष्ट्र राज्यको राजधानी मुम्बईमा रहेको अमेरिकी महावाणिज्य दूतावास कार्यालयमा हमला गर्ने धम्की आएको छ । यो धम्की दूतावासको आधिकारिक इमेलमा आएको बताइएको छ । 

 प्रेषक अमेरिकाबाट भागेका एक व्यक्ति भएको अनि उनीविरुद्ध अमेरिकामा कयौँ गम्भीर मुद्दा चलिरहेको बताइएको छ । यस मामिलामा प्रहरीले नाम नखुलाइका ती व्यक्ति विरुद्ध मुद्दा दर्ता गर्दै छानबिन सुरु गरेको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफूसँग व्यक्तिगत रूपमा माफी माग्नु पर्ने अनि आफू विरुद्ध चलेको सबै १९ वटा मुद्दा खारेज गर्नुपर्ने माग मेलमा आरोपीले गरेका छन् । यस्तो भएन भने भारतमा रहेको अमेरिकाको वाणिज्य दूतावासलाई बमले उडाइदिने धम्की दिइएको छ । यो मेल मुम्बईको बाँद्रा कुर्ला कम्प्लेक्स क्षेत्रमा रहेको अमेरिकी दूतावासलाई फेब्रुअरी ९ को ३ः५० बजेतिर आएको हो ।

यस विषयमा सूचना पाएपछि मुम्बईस्थित बीकेसी पुलिस स्टेशनले एक अज्ञात व्यक्ति विरुद्ध आईपीसीको धारा ५०५ (१) (बी) र धारा ५०६ (२) अन्तर्गत मुद्दा दायर गरेको छ । उनीमाथि जनतामा त्रास वा आतंक फैलाउने उद्देश्यले बयान दिएको अनि राज्यको सार्वजनिक शान्तिमा खलल उत्पन्न गर्ने प्रयास गरेको आरोपमा लगाइएको छ । यो मेल क्यालिफोर्नियामा जन्मेका भारतीय मूलका अमेरिकी नागरिकले पश्चिम बंगालको कोलताकाबाट पठाएको प्रारम्भिक छानबिनको क्रममा थाहा भएको छ । हालसम्म प्रहरीले यस घटनामा कसैलाई पनि पक्राउ गरेको छैन ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप