बाइडेनले माफी नमागे भारतमा रहेको अमेरिकी महावाणिज्य दूतावासमा हमला गर्ने धम्की
नयाँ दिल्ली । महाराष्ट्र राज्यको राजधानी मुम्बईमा रहेको अमेरिकी महावाणिज्य दूतावास कार्यालयमा हमला गर्ने धम्की आएको छ । यो धम्की दूतावासको आधिकारिक इमेलमा आएको बताइएको छ ।
प्रेषक अमेरिकाबाट भागेका एक व्यक्ति भएको अनि उनीविरुद्ध अमेरिकामा कयौँ गम्भीर मुद्दा चलिरहेको बताइएको छ । यस मामिलामा प्रहरीले नाम नखुलाइका ती व्यक्ति विरुद्ध मुद्दा दर्ता गर्दै छानबिन सुरु गरेको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफूसँग व्यक्तिगत रूपमा माफी माग्नु पर्ने अनि आफू विरुद्ध चलेको सबै १९ वटा मुद्दा खारेज गर्नुपर्ने माग मेलमा आरोपीले गरेका छन् । यस्तो भएन भने भारतमा रहेको अमेरिकाको वाणिज्य दूतावासलाई बमले उडाइदिने धम्की दिइएको छ । यो मेल मुम्बईको बाँद्रा कुर्ला कम्प्लेक्स क्षेत्रमा रहेको अमेरिकी दूतावासलाई फेब्रुअरी ९ को ३ः५० बजेतिर आएको हो ।
यस विषयमा सूचना पाएपछि मुम्बईस्थित बीकेसी पुलिस स्टेशनले एक अज्ञात व्यक्ति विरुद्ध आईपीसीको धारा ५०५ (१) (बी) र धारा ५०६ (२) अन्तर्गत मुद्दा दायर गरेको छ । उनीमाथि जनतामा त्रास वा आतंक फैलाउने उद्देश्यले बयान दिएको अनि राज्यको सार्वजनिक शान्तिमा खलल उत्पन्न गर्ने प्रयास गरेको आरोपमा लगाइएको छ । यो मेल क्यालिफोर्नियामा जन्मेका भारतीय मूलका अमेरिकी नागरिकले पश्चिम बंगालको कोलताकाबाट पठाएको प्रारम्भिक छानबिनको क्रममा थाहा भएको छ । हालसम्म प्रहरीले यस घटनामा कसैलाई पनि पक्राउ गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण