शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राजेन्द्र महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने

आइतबार, २८ माघ २०८०, १५ : ३३
आइतबार, २८ माघ २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवाद पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् । लोसपाबाट विद्रोह गरी छुट्टै आन्दोलनको तयारीमा नेता महतो लागेका हुन् । 

२०६५ फागुन १६ गते तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको आठ बुँदे सम्झौता भएको थियो । सो सम्झौताका थुप्रै मागहरू पुरा नभएको कारण त्यसबारे सरकारलाई ध्यानाकर्षण गराउन लागि प्रदर्शन गर्न लागिएको महतो निकट एक नेताले बताए । 

फागुन १६ गते सम्झौता स्मरण गराउनका लागि प्रदर्शन गर्ने, त्यसपछि चैत ६ गते थप वृहत् प्रदर्शन गर्ने ती नेताले बताए । उनले भने, ‘चैत ६ गतेदेखि जनआन्दोलन सुरु भएको दिनमा आन्दोलनको सुरुवात गर्ने भनेर हामीले त्यही दिनलाई चयन गरेका हौँ ।’

महतो अन्तरक्रियाका लागि अहिले मधेसमा छन् । उनले पर्सादेखि झापासम्म अन्तरक्रिया यात्रालाई जारी राख्नेछन् । झापासम्मको यात्रा पुरा गरेर काठमाडौँमा फागुन १६ गते प्रदर्शन गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप