राजेन्द्र महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने
काठमाडौँ । लोकतान्त्रिक समाजवाद पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् । लोसपाबाट विद्रोह गरी छुट्टै आन्दोलनको तयारीमा नेता महतो लागेका हुन् ।
२०६५ फागुन १६ गते तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको आठ बुँदे सम्झौता भएको थियो । सो सम्झौताका थुप्रै मागहरू पुरा नभएको कारण त्यसबारे सरकारलाई ध्यानाकर्षण गराउन लागि प्रदर्शन गर्न लागिएको महतो निकट एक नेताले बताए ।
फागुन १६ गते सम्झौता स्मरण गराउनका लागि प्रदर्शन गर्ने, त्यसपछि चैत ६ गते थप वृहत् प्रदर्शन गर्ने ती नेताले बताए । उनले भने, ‘चैत ६ गतेदेखि जनआन्दोलन सुरु भएको दिनमा आन्दोलनको सुरुवात गर्ने भनेर हामीले त्यही दिनलाई चयन गरेका हौँ ।’
महतो अन्तरक्रियाका लागि अहिले मधेसमा छन् । उनले पर्सादेखि झापासम्म अन्तरक्रिया यात्रालाई जारी राख्नेछन् । झापासम्मको यात्रा पुरा गरेर काठमाडौँमा फागुन १६ गते प्रदर्शन गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण