अध्यक्ष केसी र राजदूत आचार्यबिच भेटवार्ता
काठमाडौँ । बेलायत भ्रमणमा रहेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आइतबार लण्डनस्थित लण्डनस्थित नेपाली नियोग पुगी राजदूत ज्ञानचन्द्र आचार्यलाई भेटेका छन् ।
भेटमा अध्यक्ष केसीले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन तथा समन्वयका लागि चलचित्र प्रतिनिधि नियुक्त, नेपाललाई छायाङ्कन गन्तव्यको रूपमा प्रचार प्रसार तथा अन्तर्राष्ट्रिय रूपमा हुने चलचित्र छायाङ्कन, कार्यशाला, अवार्ड तथा महोत्सव लगायत चलचित्र गतिविधिहरूमा सहजीकरणका लागि राजदूत आचार्यसँग छलफल गरेका थिए ।
बोर्डले राखेका धारणाप्रति राजदूत निकै सकारात्मक रहेको अध्यक्ष केसीले बताए । राजदूत आचार्यले तत्कालका लागि बोर्डसँग समन्वय गर्न दूतावासका एक कर्मचारीलाई तोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाली चलचित्रको प्रवर्द्धनका लागि आगामी वर्षहरूमा बेलायतमा आयोजना गरिने सिनेमा मिट एवं महोत्सवहरूमा दूतावासले आवश्यक सहयोग एवम् समन्वय गर्ने राजदूत आचार्यले बताएका छन् । राजदूत आचार्यसँगको भेट निकै उपलब्धिमूलक रहेको प्रतिक्रिया दिँदै अध्यक्ष केसीले यो भेटले आफू निकै उत्साहित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण