बेथिति
यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो
सोमबार, २९ माघ २०८०, ११ : ०३
काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।
क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ ।
‘कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको रिपोर्टिङ छ’, जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले भने ।
पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण