बाघको आक्रमणबाट एकै गाउँका १९ खसीबाख्रा मरे
काठमाडौँ । मकवानपुरको पूर्वीबकैया गाउँपालिकामा बाघको आक्रमणबाट १९ वटा खसीबाख्रा मरेका छन् । बकैया गाउँपालिका–६ स्थित सुधामा चरण क्षेत्रमा बाघको आक्रमणबाट तीन जना कृषकका १९ वटा बाख्रा र खसी मरेका हुन् ।
आइतबार घर नजिकै पाखामा चराउन छाडेका खसी बाख्रालाई बाघले आक्रमण गरेको वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए । उनका अनुसार स्थानीय डम्बर बहादुर बोम्जमको ११ वटा खसीबाख्रा बाघले मारेको छ । यस्तै, सोही ठाउँकी कान्छीमाया भोम्जमको ५ र गंगाराज भोम्जमको तीनवटा बाख्रा बाघले मारेको अवस्थामा फेला परेको हो ।
‘घर नजिकैको पाखामा चरनका लागि खसीबाख्रा छोड्ने गरेका थिए।’ वडाध्यक्ष भोम्जनले थपे, ‘सोही बेलामा बाघले तीन घरको १९ वटा बाख्रा र खसी मारेछ । सबै बाख्राहरूको गर्धनमा आक्रमण भएको पाइएको छ,’ वडाध्यक्ष भोम्जनले भने । आक्रमणबाट कुनै मानवीय क्षति भएको छैन तर, १९ ओटा खसीबाख्रा मर्दा किसानहरूको लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण