बाघको आक्रमणबाट एकै गाउँका १९ खसीबाख्रा मरे

काठमाडौँ । मकवानपुरको पूर्वीबकैया गाउँपालिकामा बाघको आक्रमणबाट १९ वटा खसीबाख्रा मरेका छन् । बकैया गाउँपालिका–६ स्थित सुधामा चरण क्षेत्रमा बाघको आक्रमणबाट तीन जना कृषकका १९ वटा बाख्रा र खसी मरेका हुन् ।
आइतबार घर नजिकै पाखामा चराउन छाडेका खसी बाख्रालाई बाघले आक्रमण गरेको वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए । उनका अनुसार स्थानीय डम्बर बहादुर बोम्जमको ११ वटा खसीबाख्रा बाघले मारेको छ । यस्तै, सोही ठाउँकी कान्छीमाया भोम्जमको ५ र गंगाराज भोम्जमको तीनवटा बाख्रा बाघले मारेको अवस्थामा फेला परेको हो ।
‘घर नजिकैको पाखामा चरनका लागि खसीबाख्रा छोड्ने गरेका थिए।’ वडाध्यक्ष भोम्जनले थपे, ‘सोही बेलामा बाघले तीन घरको १९ वटा बाख्रा र खसी मारेछ । सबै बाख्राहरूको गर्धनमा आक्रमण भएको पाइएको छ,’ वडाध्यक्ष भोम्जनले भने । आक्रमणबाट कुनै मानवीय क्षति भएको छैन तर, १९ ओटा खसीबाख्रा मर्दा किसानहरूको लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती लगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने
-
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि
-
साल्टको अर्धशतकले पञ्जाबलाई सजिलै हराउँदै बेंगलुरु चौथो पटक फाइनलमा
-
१० बजे १० समाचार : आगामी आर्थिक वर्षको बजेट घोषणादेखि राजावादी आन्दोलनसम्म
-
नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा नगर गान सार्वजनिक
-
आगामी आर्थिक वर्षको बजेट घोषणा, सबै अपडेट एकै ठाउँमा हेर्नुहोस्