विपिनको ‘तेल भिसा’को कलाकार छान्न अमेरिकामा अडिसन हुने
काठमाडौँ । विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे लगायतको अभिनय रहने फिल्म हो ‘तेल भिसा’ । शंकर घिमिरेले निर्देशन गर्न लागेको फिल्मको अझै केही कलाकार फाइनल हुन बाँकी छन् ।
निर्माण युनिटले फिल्मको कलाकार छनौट गर्ने उद्देश्यले अमेरिकामा अडिसन आह्वान गरेको छ । फिल्मको धेरै छायाँकन अमेरिकामा गरिने भएकोले त्यही अडिसन मार्फत कलाकार छान्न लागिएको हो ।
फिल्मको छायांकन धेरै अमेरिकामा गरिने भएकोले त्यहीको कलाकार छनौटका लागि अडिसन आयोजना गरेको हो । अडिसनमा फरक–फरक वर्ण र विभिन्न उमेर समूहका स्वदेशी तथा विदेशी सहभागी हुन सक्नेछन् । त्यसका लागि अमेरिकामा नै बसोबास गरेको हुनुपर्ने, कलाकारितासँगै अमेरिकाको रहनसहन, भाषा तथा भेषभूषाको समेत राम्रो ज्ञान हुनुपर्ने सर्त राखिएको छ । इच्छुकले निर्माण कम्पनी वेल डन क्रियशनको इमे फोटो र बायोडाटा पठाउनुपर्नेछ ।
चैतको दोस्रो हप्तादेखि अमेरिकाको मेरिल्याण्ड राज्यबाट छायांकन सुरु हुने फिल्म सेभेन सिज इन्टरटेन्मेन्ट र वेल डन क्रियशनको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्मको अमेरिकास्थित मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क र वासिङटन डिसीमा ७० प्रतिशत र बाँकी ३० प्रतिशत नेपालमा खिचिनेछ ।
फिल्ममा विपिन दोहोरो भूमिका (बाबु–छोरा)मा हुने जनाइएको छ । विदेशमा गएर त्यहीँ स्थापित हुने क्रमले नेपाली समाजको बदलिँदो स्थितिलाई फिल्मले देखाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण