त्रिवि उपकुलपति नियुक्तिका लागि प्रस्तुतीकरण सुरु
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सर्टलिष्टमा परेकाहरूको प्रस्तुतीकरणको कार्य सुरु भएको छ । शिक्षा मन्त्रालयमा रहेको उपकुलपति सिफारिस तथा छनोट समितिको सचिवालयमा प्रस्तुतीकरणको कार्य सुरु भएको हो ।
समितिका दुई जना सदस्य र दुई जना विज्ञहरूले प्रस्तुतीकरणको कार्य गरिरहेको समिति सचिवालयले जनाएको छ । आज पहिलो दिन चार जनाको सोचपत्र र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण भएको छ । दिउँसो ३ बजेदेखि सुरु भएको प्रस्तुतीकरणमा प्रत्येक उम्मेदवारलाई आफ्नो सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि आधा घण्टाको समय छुट्टाइएको छ ।
पहिलो दिन कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी र चित्रबहादुर बुढाथोकीको प्रस्तुतीकरणको कार्य भएको छ । मन्त्रालयका उपसचिव तेजराज प्रसाईले २ जना विज्ञहरू र समितिका सदस्य शिक्षा सचिव सुरेश अधिकारी र अर्का सदस्य चन्द्रकला घिमिरेको उपस्थितिमा प्रस्तुतीकरणको कार्य भइरहेको बताए ।
भोलि फागुन १ गते थप ५ जनाको प्रस्तुतीकरण हुनेछ भने पर्सी फागुन २ गते ४ जनाको गरी सर्टलिष्टमा परेका १४ जनाको नै प्रस्तुतीकरणको कार्य सकिनेछ । प्रस्तुतीकरणको कार्य सकिएपछि अन्तर्वार्ता हुनेछ र समितिले बढी अङ्क प्राप्त गर्ने तीन जनाको नाम उपकुलपतिका लागि कुलपतिसमक्ष पेश गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती विधेयकमा कर्मचारी संगठनहरूको विरोध, भाेलि संसद् गेट अगाडि धर्ना दिने
-
सशस्त्र प्रहरीका झन्डै २ हजार कर्मचारीको बढुवा हुँदै
-
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल
-
बन्दका बाबजुद साँझपख चल्न थाले सार्वजनिक गाडी (फोटो फिचर)
-
आजको समस्याको जरो : नयाँ व्यवस्था, पुरानै सोच
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू