कोकिला मिडियालाई १० हजार जरिबाना गर्ने विज्ञापन बोर्डको निर्णय
काठमाडौँ । कोकिला मिडिया (अनामनगर)ले तोकिए भन्दा बढी सेवा शुल्क लिएको ठहर गर्दै विज्ञापन बोर्डले दश हजार रुपैयाँ जरिवाना र विज्ञापन कारोबार रोक्का गरेको छ ।
बोर्डद्वारा सोमबार जारी विज्ञप्तिमा नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग एजेन्सीले असोज १२ गते गरेको सम्झौता विपरीत अत्यधिक सेवा शुल्क लिने गरी विज्ञापन प्रसारणको आदेश दिएको पाइएकोले जरिवानाका साथै २०८१ असार मसान्तसम्म विज्ञापन कारोबार रोक्का राख्ने उल्लेख छ ।
सो एजेन्सीले केन्द्रसँग विज्ञापन प्रसारणबापत प्रति स्पट रु १०६.६१ रुपैयाँमा मा सम्झौता गरी एफएम रेडियोमा प्रति स्पट ११.११ रुपैयाँमा प्रसारण आदेश दिई प्रति स्पट ९८.५० अर्थात ९८६.५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएपछि बोर्डले कारबाहीको निर्णय गरेको हो।
सो विज्ञापन एजेन्सीले ५२ वटा एफएमबाट विज्ञापन प्रसारण गर्नुपर्नेमा २० वटाबाट मात्र गरेको पनि बोर्डले जनाएको छ । बोर्डले राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रलाइ पनि बोर्डमा सूचीकृत विज्ञापन एजेन्सी र सञ्चार माध्यमसँग मात्र विज्ञापन कारोबार गर्न निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण