शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एमाले रौतहटको अध्यक्षमा सच्चिदानन्द

मङ्गलबार, ०१ फागुन २०८०, ०९ : ५३
मङ्गलबार, ०१ फागुन २०८०

रौतहट । नेकपा एमाले रौतहटको निर्वाचन परिणाम अनुसार जिल्ला अध्यक्ष पदमा सच्चिदानन्द साह विजयी  भएका छन् । उनले कुल १९३ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी अखिलेश्वर चौधरी  १८ मतको अन्तरले पराजित भएका छन्। चौधरीले कुल १७५ मत प्राप्त गरेका थिए।

उपाध्यक्ष पदमा रुपेश कुमार पटेल निर्वाचित भएका छन्। उनले १३६ मत प्राप्त गरेका थिए। उनको  निकटतम प्रतिद्वन्द्वी ६ जना क्रमशः सुरेश राई यादवले ८९ मत ,मनिलाल सहनी ४४ मत, चन्दन कुमार कुशवाहा ३७ मत, उपेन्द्र राई यादव ३१ मत, राम अशिष साह तेली १२ मत ल्याएर पराजित भएका थिए ।

यस्तै सचिव पदमा बाबुराम दाहाल निर्वाचित भएका छन् । दाहालले २०२ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी शिवप्रसाद आचार्य १४७ मत ल्याएर पराजित भएका हुन्। 

उपसचिव पदमा अवधेशकुमार यादव निर्वाचित भएका छन् ।  उनले १२९ मत ल्याएका थिए।उनका निकटतम प्रतिद्वन्द्वी अशोक कुमार पहाडी ७५ मत, फेजल अहमद ६८ मत, कमलेश कुमार मिश्र ३७ मत र सोविन्द्र चौधरी ३३ मत ल्याएर पराजित भएका छन् ।

एमाले रौतहटको दसौँ जिल्ला अधिवेशनमा अन्तिमसम्म प्रयास गर्दा पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको छ  । जिल्लाको मध्यभाग गरुडा स्थित तुलसीलाल स्मृति भवन एमाले पार्टी कार्यालयमा सोमवार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मतदान भएको थियो । मतगणनाको अन्तिम परिणाम सोमवार राती घोषणा गरिएको थियो।

निर्वाचनमा कुल ४ सय २६ मतदाता मध्ये ३९१ ले मत मात्र मतदान गरेको निर्वाचन मण्डलका सदस्य बालाबिक्रम कार्कीले बताएका छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप