गर्भवती रहेको चर्चाबिच विदेशमा उपचार गराउँदै अनुष्का
मुम्बई । बलिउड स्टार अनुष्का शर्मा गर्भवती रहेको विषयलाई लिएर विभिन्न अड्कलबाजी जारी छ । पहिलो सन्तान जन्मिएको लामो समयपछि अनुष्का गर्भवती भएको केही दिनयता समाचार आइरहेका छन् । यद्यपि, उनका क्रिकेटर पति विराट कोहली र अनुष्का स्वयंले यो विषयमा आधिकारिक जानकारी दिएका छैनन् ।
केही दिन अघि क्रिकेटर डिविलिअर्सले अभिनेत्री अनुष्का गर्भवती रहेको भन्दै एक भिडियो सामाजिक सञ्जालमा राखेका थिए । उनले कोहलीले परिवारसँग समय बिताउनका लागि टिमबाट बिदा लिएको दाबी गरेका थिए । तर केही समयपछि उनले आफ्नो भनाइलाई फिर्ता लिँदै माफी मागेका थिए । तर अहिले आएको एक खबरलाई आधार मान्ने हो भने डिविअलर्सको भनाइलाई सही मान्न सकिन्छ ।
समाचारअनुसार अनुष्काको गर्भावस्थामा केही समस्या देखिएको छ । खेल पत्रकार अभिषेक त्रिपाठीले ट्वीटरमा एक ट्वीट गर्दै अनुष्काको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।
‘चार कुरा । पहिलोः जो डिविलियर्सले भनेका थिए, त्यो कुरा सही हो । दोस्रो: केही स्वास्थ्य समस्याका कारण विराटले अनुष्कालाई विदेशमा रहेका डाक्टरलाई देखाउने र परिवारका साथ केही समयका लागि उतै बस्ने निर्णय लिएका छन् । तेस्रो: उनले बीसीसीआईसँग अनुमति लिएर यो समय परिवारका साथ बिताउने निर्णय लिएका छन् । चौथो: हामी उनको सुखद भविष्यको कामना गर्न चाहन्छौँ’, त्रिपाठीले ट्वीट गरेका छन् ।
यो ट्वीटले सामाजिक सञ्जालमा चर्चा पाएको छ । ट्वीटरमा अनुष्का र विराटका फ्यानहरूले कमेन्ट गरिरहेका छन् । एक प्रयोगकर्ताले खेल पत्रकारले अनुष्काको गोपनीयताको ध्यान नदिएको भन्दै रोष व्यक्त गरेका छन् । अन्य प्रयोगकर्ताले भने अनुष्काको स्वास्थ्य लाभको कामना गरेका छन् ।
गत फेब्रुअरी ३ मा एबी डिविलिअर्सले युट्युब च्यानलमा विराट दोस्रो सन्तानको पर्खाइमा रहेकाले उनले टेस्ट सिरिजको हिस्सा नबन्ने निर्णय लिएको खुलासा गरेका थिए । ‘हो, उनको दोस्रो बच्चा आउँदैछ । यो परिवारको समय हो र यी कुरा विराटका लागि आवश्यक छन्,’ उनले भनेका छन् ।
(बलिउड हङ्गामा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण