पर्यटन क्षेत्रमा लगानी बढ्यो : ६ महिनामा २ खर्ब २१ अर्ब कर्जा प्रवाह
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा पर्यटन क्षेत्रमा मात्र २ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । यो गत असार २०८० को तुलनामा ४.७२ प्रतिशतको लगानी वृद्धि हो ।
कोभिड–१९ को प्रभाव विश्व पर्यटन बजारमा कम भएसँगै नेपालमा समेत पर्यटन उद्योग पुनर्जागृत भएको छ । सन् २०२३ मा सरकारले राखेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा भएको छ भने पर्यटक आगमन बढेसँगै व्यवसायीहरूले यो क्षेत्रमा लगानी बढाएका छन् ।
खासगरी पछिल्लो समय होटेल तथा रिसोर्ट हस्पिट्यालिटी सेक्टरमा लगानी बढ्दा कर्जाको माग बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
उसो त सन् २०२१ को तुलनामा यो वर्ष पर्यटन क्षेत्रमा गएको कर्जा २०.२४ प्रतिशतले वृद्धि भएको छ । सन् २०२१ मध्ये जुलाई (असार मसान्त) मा १ खर्ब ८३ अर्ब ९० करोड ८० लाख रुपैयाँ कर्जा पर्यटन क्षेत्रमा गएकोमा सन् २०२४ को जनवरीमा लगानी बढेर २ खर्ब २१ अर्ब १२ करोड २० लाख हाराहारी पुगेको छ ।
सन् २०२२ को जुलाई मध्यमा भने यस्तो कर्जा २ खर्ब ४९ करोड ४० लाख हाराहारी गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण