सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्यटन क्षेत्रमा लगानी बढ्यो :  ६ महिनामा २ खर्ब २१ अर्ब कर्जा प्रवाह

बुधबार, ०२ फागुन २०८०, ११ : ५२
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा पर्यटन क्षेत्रमा मात्र २ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । यो गत असार २०८० को तुलनामा ४.७२ प्रतिशतको लगानी वृद्धि हो । 

कोभिड–१९ को प्रभाव विश्व पर्यटन बजारमा कम भएसँगै नेपालमा समेत पर्यटन उद्योग पुनर्जागृत भएको छ । सन् २०२३ मा सरकारले राखेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा भएको छ भने पर्यटक आगमन बढेसँगै व्यवसायीहरूले यो क्षेत्रमा लगानी बढाएका छन् । 

खासगरी पछिल्लो समय होटेल तथा रिसोर्ट हस्पिट्यालिटी सेक्टरमा लगानी बढ्दा कर्जाको माग बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

उसो त सन् २०२१ को तुलनामा यो वर्ष पर्यटन क्षेत्रमा गएको कर्जा २०.२४ प्रतिशतले वृद्धि भएको छ । सन् २०२१ मध्ये जुलाई (असार मसान्त) मा १ खर्ब ८३ अर्ब ९० करोड ८० लाख रुपैयाँ कर्जा पर्यटन क्षेत्रमा गएकोमा सन् २०२४ को जनवरीमा लगानी बढेर २ खर्ब २१ अर्ब १२ करोड २० लाख हाराहारी पुगेको छ । 

सन् २०२२ को जुलाई मध्यमा भने यस्तो कर्जा २ खर्ब ४९ करोड ४० लाख हाराहारी गएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप