म सरकारमा पुगे सबै जग्गा फिर्ता हुन्छ : दुर्गा प्रसाईँ
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले आफू सरकारमा पुगे लघुवित्त र सहकारीको ऋणबाट पीडितहरुको ऋण मिनाहा गरिदिने बचन दिएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफू सरकारमा नभएकोले पीडितहरुका लागि केही गर्न सक्ने अवस्थामा नरहेको बताए ।
बुधबार प्रसाईँको अभियानको एक वर्ष पुगेको अवसरमा गरिएको कार्यक्रममा सहभागी हुन तराई क्षेत्रबाट आएका लघुवित्त पीडितहरुलाई बिदाइ गर्दै उनले आफूलाई उनीहरुले सरकार नै सोचेर आएपनि आफू सहयोग गर्नसक्ने ठाउँमा नभएको बताए ।
प्रसाईँले भने,‘उहाँहरु गहभरी आँसु बोकेर जाँदै हुनुहुन्छ, एउटा आस बोकेर आउनुभएको थियो । कम्युनिष्टको सरकार थियो, उहाँहरुले आज मलाई सरकार सोचिराख्नुभएको छ, मसँग भए त म गरिदिहाल्थेँ । म कुनैदिन सरकारमा पुगेछु भने त्यही दिन राती उहाँहरुका जग्गा जमिन सबै फिर्ता हुन्छ । गरिबका घरमा ताला लगाएका छन् अरे । कम्युनिष्टको सरकार छ देशमा, सर्वहारा र भूँईमान्छेको भोट लिएर आएर नेताहरु मारवाडी र व्यापारीसँग पार्टनरसीप गरेका छन् ।’
झापाको बिर्तामोडमा आगामी फागुन १५ गते गर्न लागिएको कार्यक्रममा १० जना दोस्रो तहका नेता र १५ जना तस्करको फोटो सार्वजनिक गर्न लागिएको उनले बताए ।
प्रसाईँले कम्युनिष्टहरुले शाहन गरेको देशमा लगभग सबै नेपालको घर जग्गा लुटिएको, श्रीमान् र छोराहरु विदेश गएर चेलीबेटीहरु लुटिनु परेको बताए ।
केही मिडियाले आफ्नो बारेमा नकारात्मक टिप्पणी गरेको उनले बताए । उनले त्यस्ता मिडियालाई सच्चिन आग्रह गर्दै लघुवित्तको ऋणले पीडित भएका महिलाहरुको आँसुले उनीहरुलाई पोल्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण