विद्यार्थीले देशको हितमा खोज गर्दै अघि बढ्नुपर्छ : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षता, सीप र कौशलमा प्राज्ञ उत्कृष्टता हासिल गर्दै विद्यार्थीले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्ने बताएका छन् । मुलुकको सुनौलो भविष्य निर्माण गर्न शिक्षाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे ।
वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा बुधबार नेपाल तराई विद्यार्थी नवजागरण सङ्घले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा उपराष्ट्रपति यादवले नेपालको सन्दर्भमा इन्जिनियरिङ शिक्षाको महत्त्व र उपादेयता अझै बढी रहेको बताए । शिक्षासँगै अटल समर्पण, त्याग र तपस्या पनि उत्तिकै आवश्यक भएको उनको भनाइ थियो ।
उपराष्ट्रपति यादवले विकासोन्मुख मुलुकले भोग्दै आएका गरिबी, अशिक्षा, पूर्वाधार विकास र वातावरणीय दिगोपनजस्ता समस्याबाट नेपाल पनि टाढा नरहेको बताए । “यी समस्याको निराकरण र निवारण गर्न इन्जिनियरको भूमिका अहम् छ । तपाईँहरू यथास्थितिलाई चिर्दै सबैखाले चुनौती र समस्याको समाधान गर्न अग्रपङ्क्तिमा हुनुपर्दछ”, उनले भने ।
वसन्त पञ्चमी तथा सरस्वती पूजाले सम्पूर्ण विद्यार्थीमा आपसी मेलमिलाप, भाइचारा, सदाचार, मैत्रीभाव र वन्धुत्वभावका साथ समाज तथा देशको सेवाका लागि दत्तचित्त भई सदैव अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भनी उपराष्ट्रपति यादवले कामना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण