‘सक्किगोनि’टिमले निर्माण गर्दै ‘लाज शरणम्’
काठमाडौँ । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’टिमले ‘लाज शरणम्’ नाममा फिल्म बनाउने भएको छ । बुधबार वसन्त पञ्चमीको अवसर पारेर टिमले नाम सार्वजनिक गरेको हो ।
फिल्म कुन–कुन कलाकार देखिँदैछन् भन्ने टिमले केही खुलाएको छैन । टिमका एक सदस्य दीपक आचार्य ‘काकु’का अनुसार फिल्मको सम्पूर्ण टिमको बारेमा केहि दिनमा औपचारिक घोषणा गरिनेछ । उनले फिल्म २०८१ वैशाखमा छायाँकन गर्ने योजना रहेको बताए ।
सिरियलको टिम पछिल्लो समय फिल्मको स्क्रिप्ट लेखनमा व्यस्त थियो । अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को लेखन एवं निर्देशन रहँदै आएको ‘सक्किगोनि’ दर्शकमाझ निकै लोकप्रिय छ । सिरियलमा यी दुईका साथमा सिपी पुडासैनी ‘धतुरे’, कमलमणि नेपाल ‘खुपीका बाउ’, दीपक आचार्य ‘काकु’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोच’लगायतको अभिनय रहँदै आएको छ । कथामा सुहाएसम्म ‘लाज शरणम्’ मा ‘सक्किगोनि’कै कलाकार नै रहने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण