आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेण्डा ?

बिहीबार, ०३ फागुन २०८०, ०७ : ५१
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । 

नेताहरूका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको छ । केन्द्रीय कमिटीको बैठकका एजेण्डा र समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न बैठक बोलाइएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । नेताहरूका अनुसार फागुन दोस्रो साता केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप