रुस पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
बिहीबार, ०३ फागुन २०८०, १६ : २५
काठमाडौँ । वैदेशिक रोजगारीका लागि रुस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भई हाल काठमाडौँको स्वयम्भू बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन् ।
तामाङले गणेश बिसीसमेत २ जनालाई वैदेशिक रोजगारीमा रुस पठाएर कन्स्ट्रक्सन कम्पनीमा काम लगाइदिने भन्दै १ लाख ६५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार तामाङलाई फागुन २ गते सामाखुसीबाट पक्राउ गरिएको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण